समाचारशुक्रवार, भाद्र २९, २०७५

सरकारलाई सर्वोच्चको चेतावनी

हिमालखबर

सर्वोच्च अदालतले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई तत्काल थुना मुक्त गर्न आदेश दिएको छ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको ईजलासले विश्वकर्मालाई गैर कानूनीरुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतका रजिष्ट्रारको रोहबरमा रिहा गर्न आदेश दिएको हो।

पटक पटक विश्वकर्मालाई थुनामुक्त गर्ने आदेश जारी गर्दा पनि उनलाई सरकारले पक्राउ गर्नुले अदालतको आदेश निस्तेज पार्न खोजेको शंका भएको भन्दै संविधानको धारा १२८ को उपधारा ४ बमोजिम सर्वोच्चको आदेश विपरित विश्वकर्मालाई पक्राउ गरिएको भन्दै अदालतको अवहेलनामा कारवाही गर्ने चेतावनी दिएको छ ।

संविधानको धारा १२८ को उपधारा ४ मा मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्तमा कसैले अवरोध गरेमा अदालतको अवहेलनामा कारबाही चलाउन सक्ने व्यवस्था गरिएको छ।

सरकारले पछिल्लो समय विश्वकर्मालाई दाङमा बम बिस्फोटको घटनामा संलग्न रहेको आरोममा पक्राउ गरी जिल्ला अदालतबाट ८ दिन थुनामा राख्ने अनुमति लिएको थियो।

सर्वोच्चले भने विश्वकर्माको व्यक्तिगत स्वतन्त्रताको हक हनन् भएको भन्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।

 

प्रतिकृया दिनुहोस