काठमाडौ–बोधगया बस सेवा शुरु
काठमाडौंदेखि भारतको बिहार राज्यको मोतिहारी, मुजफ्फरपुर, पटना हुँदै बोधगयासम्मका लागि बस सेवा शुरु भएको छ ।
बिहार राज्यपथ परिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रालिको सहकार्यमा काठमाडौ–बोधगया बस सेवा सञ्चालन शुरु भएको हो । आज, २८ भदौमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले संयुक्त रूपमा हरियो झण्डा फहराएर बस सेवा उदघाटन गरे ।
यसैगरी, जनकपुरदेखि पटनाका लागि ३१ भदौ आइतबारदेखि बस सेवा शुरू हुँदैछ । उक्त बस सेवाको उद्घाटन प्रदेश नं.२ का मूख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम छ ।
स्वयम्भू मञ्जुश्री यातायातले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालन गरेसँगै बस टिकट अनलाइनबाटै किन्न सकिने सेवा समेत शुरू गरेको छ ।
यात्रुहरुले मञ्जुश्री यातायात डटकम डट एनपीमार्फत अनलाइन टिकट काट्न सक्नेछन् । यसैगरी बससेवा डटकम तथा बससेवाको मोबाईल एप्स, इसेवाको वेबसाइट तथा मोबाईल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ ।
संस्थाले २०५६ सालदेखि काठमाडौ वाट दिल्लीयात्रु वस संचालन गर्र्दै आएको छ । हाल काठमाडौ–दिल्ली–काठमाडौ, काठमाडौ–बनारस–काठमाडौ का लागि नेपाल भारत नियमित बस सेवा सञ्चालन भइरहेको छ ।