अर्थ/बजारबिहिवार, भाद्र २८, २०७५

दोहोरो अङ्कले बढ्यो शेयर बजार

हिमालखबर

आज शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार आज नयाँ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १४ दशमलव १३ विन्दुले बढेर एक हजार २४४ दशमलव ८४ विन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ४७ विन्दुले बढेर २६४ दशमलव २७ विन्दुमा पुगेको छ ।

आज कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७३ कम्पनीको २७ लाख ११ हजार ११० कित्ता शेयर रु ७२ करोड ९८ लाख पाँच हजार ५४६ मूल्यमा खरीद–बिक्री भएको छ ।

आज तीन उपसमूहको शेयर मूल्य भने घटेको छ । निर्जीवन बीमा ४१ दशमलव ४१, माइक्रोफाइनान्स ० दशमलव ६९ र जीवन बीमा ११ दशमलव १८ विन्दुले घट्दा ब्यांकिङ १६ दशमलव २, होटल ३२ दशमलव १९, विकास ब्यांंक ११ दशमलव २७, जलविद्युत् ४ दशमलव ५३, फाइनान्स २ दशमलव २, उत्पादन २ दशमलव ०६ र अन्य उपसमूह २२ दशमलव २९ विन्दुले वृद्धि भएको छ । रासस

प्रतिकृया दिनुहोस