चार महिलाको उद्धार
अवैध बाटो हुँदै ओमन हिंडेका चार महिलालाई विराटनगर भन्सारबाट प्रहरीले उद्धार गरेको छ ।
विराटनगरबाट भारतको नयाँदिल्ली हुँदै कामदारको रुपमा ओमन जान हिंडेका महिलालाई प्रहरीले उद्धार गरेको हो ।
उनीहरुलाई ‘विश्व सेवा विस्तार’ नामक गैरसरकारी संस्थाको संरक्षणमा राखिएको प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।
कमल रिमाल