कला/साहित्यबुधवार, भाद्र २७, २०७५

नाचौँ तीज सिजनको उपाधी सिद्धार्थ कल्चरल ग्रुपलाई

हिमालखबर

बाँकेको कृष्णसार एफएमले आयोजना गरेको ‘नाचौं तीज सीजन–६’ को उपाधी सिद्धार्थ कल्चरल डान्स ग्रुप खजुराले जितेको छ ।

१२४ प्रतिस्पर्धीलाई पछि पार्दै सिद्धार्थ डान्स ग्रुपले नगद ५० हजार सहितको पुरस्कार हात पारेको हो ।

त्यस्तै नेपालगञ्जको भेरी इंग्लिस स्कूलले नगद २५ हजार सहित दोस्रो पुरस्कार प्राप्त गरेको छ भने बर्दियाको बढैयातालकी स्वर्णिमा गुरुङ्ग तेस्रो भएकी छन् । उनले नगद १५ हजार जितेकी छन् ।

ग्रिनपीस स्कूल कोहलपुरले प्रोत्साहन पुरस्कार र कोहलपुरकै बालज्योती अंग्रेजी माविले उत्कृष्ट भेषभुषा पुरस्कार जितेको छ । दुवैले पाँच/पाँच हजार नगद पाएका छन् ।

बाँके र बर्दियाको पाँच स्थानमा भएको अडिसनबाट छानिएका ३७ प्रतियोगीबीच नेपालगञ्जमा अन्तिम प्रतिस्पर्धा भएको थियो ।

प्रतिकृया दिनुहोस