समाचारबुधवार, भाद्र २७, २०७५

सुतिरहेका दिदी–बहिनीमाथि तेजाब प्रहार

हिमालखबर

रौतहटको चन्द्रपुर–६ का दिदी–बहिनी १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासमाथि तेजाब प्रहार भएको छ ।

गर्मीको समय भएकाले घरको ढोका खुलै राखेर सुतेका दिदी बहिनीमाथि २६ भदौ राति करिब साढे १२ बजे तेजाब प्रहार भएको उनीहरुका बुवा जादो दासले जानकारी दिए । तेजाबले उनीहरुको अनुहार, अाँखा र टाउकोमा गम्भीर घाउ बनाएको छ ।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौंको कीर्तिपुर अस्पतालमा ल्याइएका उनीहरुमध्ये बहिनी सुस्मिताको अवस्था गम्भीर छ ।

तेजाब कसले किन प्रहार गर्‍यो भन्ने बारे हालसम्म थाहा नलागेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-गोपाल गडतौला

प्रतिकृया दिनुहोस