समाचारबुधवार, भाद्र २७, २०७५

किशोरी हत्या प्रकरणः राजीनामा दिएका उपसचिव केसी छानबिन समितिमा फर्किए

हिमालखबर

कञ्चनपुरकी १३ वर्षीया किशोरीको बलात्कार र हत्याबारे छानबिन गर्न गठित सरकारी टोलीबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी फेरि समितिमै फर्किएका छन् ।

गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकसँगको छलफलपछि टोलीमा फर्किएको उनले बताएका छन् ।

किशोरी हत्याको छानविन गर्न गृहमन्त्रालयका सह–सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिमा केसी प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका तर्फबाट सदस्य थिए ।

केसीले छानबिन समितिको म्याद थपको विषयमा असहमति र प्रतिवेदनमा सत्यतथ्य ओझेलमा पर्न सक्ने सम्भावना रहेको भन्दै राजीनामा गरेका थिए ।

अहिले भने उनले गृहमन्त्रालय, समितिका संयोजक सहितको छलफलपछि छानबिन कार्यमा पुन संलग्न रही न्यायका लागि योगदान गर्ने कर्तब्यबोध भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस