समाचारबुधवार, भाद्र २७, २०७५

सर्वोच्चमा जोशीलाई आज पनि तोकिएन पेशी

हिमालखबर

संसदीय सुनुवाई समितिबाट प्रधानन्याधीशमा अस्वीकृत भएका सर्वोच्च अदालतमा वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई आज २७ भदौमा मुद्दाको पेशी तोकिएको छैन ।

संसदीय सुनुवाई समितिबाट १८ साउमा अस्वीकृत भएपछि २० साउनबाट बिदामा बसेका जोशी हिजो, २६ भदौमा सर्वोच्च अदालतमा हाजिर भएका थिए ।

हिजो पनि उनलाई मुद्दाको सुनुवाईको जिम्मेवारी दिईएको थिएन । 

आज पनि उनी कुनै इजलाशमा बस्न नपाएको सर्वोच्च अदालतले जारी गरेको पेशी सूचिबाट देखिन्छ ।

न्यायाधीशहरुलाई मुद्दाको पेशी तोक्ने काम प्रधानन्यायाधीशबाट हुन्छ ।

सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीले जोशीलाई पदबाट राजीनामा गर्न सन्देश पठाएको चर्चा चले पनि उनले भने राजीनामा नगर्ने बताएका छन् ।  

प्रतिकृया दिनुहोस