साफ च्याम्पियनसीपमा दुवै सेमिफाइल खेल आज
बाङ्लादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् ।
आज दिउँसो पहिलो सेमीफाइनल खेलमा नेपाल र माल्दिभ्स तथा अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् ।
समूह ‘ए’को विजेता नेपालले समूह ‘बी’को उपविजेता माल्दिभ्ससँग खेल्दैछ भने समूह ‘ए’ को उपविजेता पाकिस्तानले समूह ‘बी’को विजेता भारतसँग खेल्नेछ ।
नेपाल समूह चरणमा भुटानविरुद्ध ४–० गोल र बाङ्लादेशविरुद्ध २–० गोल अन्तरले विजयी भएको थियो ।
नेपाल र माल्दिभ्सबीचको खेल बङ्गबन्धु रङ्गशालामा नेपाली समयअनुसार ३ः४५ बजे शुरु हुनेछ ।
त्यस्तै, भारत र पाकिस्तानबीचको खेल ७ः१५ मा शुरु हुनेछ ।