महिन्द्रा पिकअपको नयाँ संस्करण बजारमा
अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले महिन्द्रा पिकअपको नयाँ संस्करण सार्वजनिक गरेको छ ।
यसमा ६ गियर प्रणाली, १०३ किलोवाट सहितको शक्तिशाली टर्बोडिजल इन्जिन र दुई हजार ५०० किलोग्राम भारवहन क्षमता रहेको छ ।
एस–१० डबल क्याब सहितको यो पिकअपमा रिमोट सेन्ट्रल लकिङ, क्रुज कन्ट्रोल, नेभिगेशन, अटो क्लाइमेट कन्ट्रोल र मल्टीफङ्सन स्टेरिङ् ह्विल लगायतका अत्याधुनिक विशेषता छन् ।
एन्टी ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्यूसन (इबीडी), डुअल एअर ब्याग, स्ट्याटिक बेन्डिङ कर्नरिङ ल्याम्प प्रविधि लगायतका विशेषताका कारण यो गाडी निकै सुरक्षित र सुविधायुक्त छ ।
अग्नि इन्कर्पोरेटेड प्रा.लि. नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक वितरक हो ।