खोलाले बगाएर एक जनाको मृत्यु
मोरङको धनपालथान गाउँपालिका–६ का अमरेश सहनी (४५) को लोहान्द्रा खोलाले बगाएर मृत्यु भएको छ ।
आज बिहान हातखुट्टा धुन गएका सहनीलाई खोलाले बगाएको थियो ।
उनको शव एक किलोमिटर तल दक्षिण कटहरी–४ मा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
कमल रिमाल