समाचारमंगलवार, भाद्र २६, २०७५

न्यायाधीश जोशी सर्वोच्च फर्किए 

हिमालखबर

-रासस
प्रधानन्यायाधीश पदका लागि संवैधानिक परिषदले गरेको सिफारिस संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि बिदामा बसेका न्यायाधीश दीपकराज जोशी  आजबाट सर्वोच्च अदालतमा काममा फर्केका छन् । 

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्त भएपछि उनी अदालतमा फर्केका हुन् । 

गत १८ साउनमा जोशीको संसदीय सुनुवाइ भएको थियो । सुनुवाइमा अस्वीकृत भएपछि जोशी बिदामा बसेका  थिए ।  उनी २५ भदौ साँझ नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई स्वागत गर्नका लागि सर्वोच्च अदालत आएका थिए  । 

न्यायाधीश जोशी आजदेखि सर्वोच्च अदालतमा काममा फर्किएको रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।  जोशी काममा फर्किए पनि उनको नाममा मुद्दाको पेशी भने तोकिएको छैन । 

प्रतिकृया दिनुहोस