समाचारसोमवार, भाद्र २५, २०७५

प्रधानसेनापति र भारतीय राजदूतबीच भेटवार्ता

हिमालखबर

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज, २५ भदौमा राजदूत पुरी प्रधानसेनापति थापालाई भेट्न जंगी अड्डा पुगेका थिए ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति थापा र राजदूत पुरीबीच द्विपक्षिय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।

थापा २४ भदौ, आइतबार मात्रै प्रधानसेनापतिमा नियुक्त भएका थिए ।

 

प्रतिकृया दिनुहोस