समाचारसोमवार, भाद्र २५, २०७५

दुई हजार २६५ प्रहरी कारबाहीमा, २७२ जागिरबाटै हटाइए

हिमालखबर

प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारबाही गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा सङ्गठनको हितविपरीत काम गर्ने प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्मलाई कारबाही गरेको हो ।

कारबाही परेकामध्ये २७२ जनालाई जागिरबाटै हटाइएको छ ।

त्यस्तै, आठ जनालाई बर्खास्त, एक हजार २२७ लाई नसिहत दिइएको र १८९ को ग्रेड रोक्का गरिएको छ ।

त्यसैगरि, प्रहरी प्रधान कार्यालयले १५ जनालाई प्रतिकूल राय लिएको, ३४ को ग्रेड घटुवा, ९१ को पदोन्नति रोक्का, १० को पद घटुवा, २१७ तल्लो टाइमस्केलमा घटुवा र २०२ जनालाई निलम्बन गरेको छ ।

कारबाही परेकामा प्रहरी कार्यालय सहयोगी २९, प्रहरी जवान एक हजार ५७३, प्रहरी हबल्दार ४००, प्रहरी सहायक निरीक्षक १४४, प्रहरी नायब निरीक्षक ८७, प्रहरी निरीक्षक २१, प्रहरी नायब उपरीक्षक पाँच, प्रहरी उपरीक्षक चार र प्रहरी वरिष्ठ उपरीक्षक दुईजना छन् ।

प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले गैरव्यावसायिक कार्य, कार्यसम्पादनमा लापरवाही र अनुशासनहिन काम गरेका प्रहरी कर्मचारीलाई कारबाही गरिएको जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस