तस्करीका सामान पक्राउ
प्रहरीले झापाको मेची भन्सार नजिकैबाट भारततर्फ लैजादै गरेका सामान र चौपाया बरामद गरेको छ ।
प्रहरीले २४ भदौ राती भन्सार छलेर भारततर्फ लैजाँदै गरेको चारसय किलो मरिच, तीन बोरा चुरोट र एक बोरा कस्मेटिकका सामान बरामद गरेको हो ।
सामान ओसारपसारमा संलग्न मेचीनगर–५ का कृष्णकुमार राई पनि पक्राउ परेका छन् । उक्त सामानको रु चार लाख १० हजार मूल्याङ्कन गरी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मेचीनगर नगरपालिका–७ नकलबन्दाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा १७ वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
कमल रिमाल