मोरङः छोरासहित महिला मृत फेला
मोरङको बुढीगंगा गाउँपालिका– २ अमाहीमा आज, २५ भदौ बिहान एक महिला र नाबालक झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् । अर्का बालक भने डोरी खुस्किएकाले जोगिएका छन् ।
प्रहरीका अनुसार, स्थानीय कविता यादव र उनका ५ वर्षीय छोरा अमन मृत अवस्थामा भेटिएका हुन् । कविताकै १० वर्षीय छोरा निशान भनें डोरी खुस्किएर जोगिएको प्रहरीले बताएको छ ।
मोरङका एसपी मनोज केसीले हत्या या आत्महत्या भन्ने बारे अनुसन्धान भई रहेको बताए ।
घरभित्रै कविताले दुई छोरालाई डोरीले झुण्ड्याएर आपूmपनि झुण्डिएको प्रहरीको अनुमान छ ।
यद्यपि कविताको शव डोरी चुडिएर भूर्इँमा झरेको अवस्थामा भेटिएको थियो ।
डोरी खुस्किएर लडेका बालक निशानको विराट मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएकोे छ ।
कमल रिमाल, विराटनगर