आईएमई लाइफ इन्स्योरेन्सको सिईओमा श्रीचन्द्र भट्ट नियुक्त
आईएमई ग्रुप अन्तर्गतको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् ।
भट्टले ब्यांंकिङ करियर नेपाल इन्भेष्टमेन्ट ब्यांक लिमिटेडबाट सन् १९९८ मा शुरुआत गरेका थिए ।
भट्टले मेघा ब्यांकमा ६ महीना नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका पनि निर्वाह गरेका थिए ।
उनले रेमिट टु नेपालको प्रमुख कार्यकारी अधिकृत भई काम गरिसकेका छन् ।