द ब्रिटिस कलेजको दीक्षान्त समारोह सम्पन्न, २२५ विद्यार्थी दीक्षित
द ब्रिटिस कलेजको चौथो दीक्षान्त समारोहमा २२५ जना विद्यार्थी दीक्षित भएका छन् ।
उक्त समारोहबाट ६० जना बीबीए, ३० जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, १२३ जना बिएस्सी (कम्प्यूटिङ) र १२ जना एमबीएका विद्यार्थी दीक्षित भएका हुन् ।
कार्यक्रमको शुरुआतमा कलेजका प्रिन्सिपल डा. जोन व्याटम्यानले सम्बोधन गरेका थिए । कलेजका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक राजन कडेंलले अन्तर्राष्ट्रिय डिग्रीको महत्वबारे चर्चा गरेका थिए ।
त्यस्तै नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले २०२ वर्ष पुरानो नेपाल–ब्रिटेन सम्बन्धबारे चर्चा गरे । मोरिसले गरिबी निवारणमा शिक्षाको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।