समाचारआइतवार, भाद्र २४, २०७५

राष्ट्रपतिद्वारा थापालाई महारथीको दर्ज्यानी चिह्न प्रदान

हिमालखबर

राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति पूर्णचन्द्र थापालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छन् ।

तस्वीर: रासस

आज राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा थापालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानसेनापति थापालाई पद तथा गोपनीयताको शपथ पनि गराएकी छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा लगायतको उपस्थिती थियो ।

सरकारले २४ साउनदेखि थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।

थापाले आजै सैनिक मुख्यालय जङगीअड्डा पुगेर नेपालको ४३औं प्रधानसेनापतिको रूपमा पद बहाली गरेका छन् ।

थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए । रासस

प्रतिकृया दिनुहोस