दुलेगौंडामा प्रभु ब्याङ्क
तनहुँको दुलेगौडामा प्रभु ब्याङ्कको नयाँ शाखा स्थापना भएको छ । शाखाको नेपाल राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक शिवनाथ पाण्डेले १२ कार्तिकमा उद्घाटन गरेका हुन ।
मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका शाखा कार्यालयहरु मध्ये पोखरा शाखा (साविक ग्राण्ड ब्याङ्क नेपाल लि.) लाई दुलेगौडामा स्थानान्तरण गरिएको ब्याङ्कद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।