समाचारआइतवार, भाद्र २४, २०७५

एक साता टिकेन शेयर बजारको वृद्धि, आज दोहोरो अंकको गिरावट

हिमालखबर

साताको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

गत साता ५० अंकले बढेको नेप्से परिसूचक आज १० दशमलम ७९ अंकले घटेर १२१८ दशमलम ९८ अंकमा पुगेको हो ।

शेयर बजार ओरालो लाग्दा कारोबार रकममा पनि गिरावट आएको छ ।

गत साता एक दिनमा ५० करोड रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएकोमा आज १६६ कम्पनीको ३२ करोड ७० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बजार खुलेदेखि नै नेप्से परिसूचक ओरालो लाग्दा २ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको एनएआईसी एशिया ब्यांक धेरै रकमको कारोबार गर्ने कम्पनी बन्यो ।

नेप्से परिसूचकमा गिरावट आउँदा शेयर बजार मापक ११ उपसूचकसँगै ‘क’ वर्गका कम्पनी मापक परिसूचक सेन्सेटिभ इन्डेक्स पनि एक प्रतिशतले ओरालो लागेको छ ।

आज ९ दशमलम ६ प्रतिशतले मूल्य बढेको जानकी फाइनान्स धेरै मूल्य बढ्ने कम्पनी बन्दा ९ दशमलव ३५ प्रतिशतले मूल्य घटेको ग्रिन विकास ब्यांक धेरै मूल्य घट्ने कम्पनी बनेको छ ।

 

प्रतिकृया दिनुहोस