समाचारशनिवार, भाद्र २३, २०७५

अल्टिच्यूडको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो, छ को मृत्यु, एक जिवितै

हिमालखबर

गोरखाबाट सामागाउँबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्यूड एअरको हेलिकप्टर नुवाकोटको म्यागाङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने एक महिलाको जिवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जापानीज नागरिक थिए ।

हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके ७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार थिए ।

बिहान ८ बजेर ५ मिनेटपछि हेलिकप्टरको टावरसँगको सम्पर्क टुटेको थियो ।

 

प्रतिकृया दिनुहोस