समाचारशनिवार, भाद्र २३, २०७५

छ महीनामा धूलोरहित काठमाडौंः प्रधानमन्त्री

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले छ महीनाभित्र काठमाडौं धूलो र हिलोरहित हुने बताएका छन् ।

आज काठमाडौंमा जिल्ला समन्वय समिति महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका क्रममा अलिअलि धूलो उड्नु सामान्य भएको बताउँदै काठमाडौं छिट्टै धूलोमुक्त हुने बताएका हुन् ।

उनले भने, “पानी ल्याउनको लागि खन्नैपर्यो । बनाउने क्रममा अलिअलि धूलो त उड्छ । खनेको ठाउँ कालोपत्रे हुने क्रममा छ । केही समयपछि धूलो खोजेर पनि पाइँदैन् ।”

प्रधानमन्त्री ओलीले विकासको बाटोमा मुलुक हिंडिसकेको बताउँदै चाँडै कोशी र गण्डकीमा पानीजहाज चलाउन सर्भेक्षण शुरु हुने बताए ।

त्यस्तै, ओलीले मन्त्रिपरिषदमा तत्काल कुनै हेरफेर नहुने बताएका छन् ।

सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्री हेरफेरको हल्ला चलाएको भन्दै ओलीले भने, “सरकार दूरदर्शी सोचका साथ विकास र समृद्धिका लागि काम गरिरहेको छ । छिमेकीसँगको सम्बन्ध सुधार र सहकार्य बढाइरहेको छ । कतिपयलाई यो मन परिरहेको छैन र हल्ला फैलाउँछन् ।”

 

प्रतिकृया दिनुहोस