कला/साहित्यशुक्रवार, भाद्र २२, २०७५

श्रद्धा कपुर अभिनित 'स्त्री' ले एक सातामा ६० करोड कमायो

हिमालखबर

राजकुमार राव र श्रद्धा कपुर अभिनित फिल्म 'स्त्री' ले प्रदर्शनको एक साता पुगिसक्दा पनि दर्शकको साथ लगातार पाइरहेको छ । हररका साथै कमेडी दृश्य पनि रहेको फिल्मले भारतीय बक्स-अफिसमा प्रभाव जमाइरहेको छ।

गत शुक्रबार रिलिज भएको फिल्मले बिहीबारसम्ममा ६० करोड ३९ लाख भारु कमाएको छ। फिल्मले रिलिजको दिन शुक्रबार ६.८३ करोड र शनिबार १०.८७ करोड कमाएको थियो भने आइतबार १४.५७ करोड, सोमबार ९.७० करोड, मंगलबार ६.५५ करोड र बिहीबार ५.५० करोड कलेक्शन गरेको थियो।

बक्स-अफिसको यो रफ्तार हेर्दा फिल्मले १०० करोड कमाउन सक्ने आँकलन गरिएको छ। तर, त्यसका लागि फिल्मले दोस्रो सातामा कस्तो व्यापार गर्छ भन्ने कुरामा निर्भर गर्छ। फिल्म पहिलो साता १९५० स्क्रिनमा लागेको थियो भने दोस्रो साता १७७० स्क्रिनमा लाग्नेछ।

'स्त्री' भारु २० करोडको बजेटमा निर्माण भएको थियो। सामान्यतया हरर कमेडी फिल्मले दर्शकलाई निराश बनाउने गरे पनि निर्देशक अमर कौशिकले आफूलाई अब्बल साबित गरेका छन्। - एजेन्सी

प्रतिकृया दिनुहोस