होण्डाको एक्स् ब्लेड सार्वजनिक
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले ‘होण्डा एक्स् ब्लेड’ सार्वजनिक गरेको छ ।
१६० सीसी क्षमताको एक्स ब्लेडमा सिल चेन, ट्यूबलेस टायर, फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक लगायतका विशेषता छन् ।
मोनो सक, डुअल आउटलेट मफलर, रोजर एज्ड एलईडी टेल ल्याम्प सहितको मोटरसाइकलमा पाँच स्पिड गियर रहेको छ ।
स्पोर्टी र मस्कुलर लुकको एक्स ब्लेडमा डिजिटल मिटर, लामो र आरामदायी सिट, एअर कुल्ड र फोर स्ट्रोक इन्जिन छ ।
पाँच रंगमा उपलब्ध एक्स ब्लेडको मूल्य रु. दुई लाख ८५ हजार ९०० तोकिएको छ ।