जोकोभिच युएस ओपनकाे सेमिफाइनलमा
नोभाक जोकोभिच युएस अाेपनकाे सेमिफाइनलमा प्रवेश गरेका छन् । यसक्रममा उनले ले ५५औं वरियताका जोन मिल्म्यानलाई पराजित गरेका हुन्। सेमिफाइनलमा उनको प्रतिस्पर्धा केई निशिकोरीसँग हुनेछ।
सर्बियाली खेलाडी नोभाकले मिल्म्यानलाई ६–३, ६–४, ६–४ को सोझो सेटमा पराजित गरेका थिए। मिल्म्यानले पाँच पटकका युएस ओपन च्याम्पियन रोजर फेडररलाई पराजित गरेर चर्चामा आएका थिए।
तेह्रवटा ग्रान्डस्लाम जितिसकेका नोभाकले विगत ५४ हप्तादेखि कुनै पनि महत्वपूर्ण प्रतियोगिता जितेका छैनन् । यसअघि नोभाकले युएस ओपनको उपाधि सन् २०११ र २०१५ मा जितेका थिए।
यस्तै, २१औं वरियताका केई निशिकोरीले मारिन सिलिकलाई २–६, ६–४, ७–६, ४–६, ६–४ को सेटमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन्। – एएफपी