कला/साहित्यबुधवार, भाद्र २०, २०७५

द भ्वाइस अफ नेपाल र हाम्रो पात्रोबीच सहकार्य

हिमालखबर

हाम्रो पात्रोले सिङ्गिङ् रियालिटी शो 'द भ्वाइस अफ नेपाल' लाई एप मार्फत पनि दर्शक सामु पुर्‍याउने भएको छ ।

हाम्रो पात्रो एप मार्फत यो सिजनको भ्वाइस अफ नेपालका हरेक एक्सक्लुसिभ सामाग्री,  अडियो सामाग्री,  ताजा गतिविधिका हरेक अपडेटहरु र प्रत्यक्ष प्रसारण समेत हेर्न सकिने सकिने  हाम्रो पात्रोले जनाएको छ ।

यसका लागि हाम्रो पात्रो र एएनसी इभेन्ट म्यानेजमेन्टबीच सम्झौता भएको छ ।

“निरन्तर विश्वस्तरका मेडिया सामाग्रीहरु हाम्रो लाखौं प्रयोगकर्तासम्म जोड्दै लैजानु हाम्रो मूल उद्देश्य हो र द भ्वाइस अफ नेपालको यो ठूलो साङ्गीतक यात्रामा हामीले सङ्गीतकर्ममा विश्वास राख्ने, आस्था राख्नेहरुका लागि सहयात्री बन्न पाउँदा खुशी लागेको छ” हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले बताए ।


प्रतिकृया दिनुहोस