रौतहटमा सडक दुर्घटना, दुईजनाको मृत्यु
रौतहटमा १९ भदौ साँझ भएको सवारी दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ पौराईको बागमतीमा बोलबम यात्रु बोकेको बस र ट्रक ठोक्किंदा घाइते १० भएका जनामध्ये दुई जनाको आज मृत्यु भएको हो ।
मृत्यु हुनेमा बस चालक चन्द्रपुर नगरपालिका सिन्दुरेघारीका सानुकान्छा विक र मौलापुर नगरपालिका–४ का पाँचु साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका सात जना उपचारपछि घर फर्केका छन् ।
सञ्जय मित्र, रौतहट