कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात बर्षपछि पक्राउ
रुकुमका टेकबहादुर घर्ती हत्याका अभियुक्त कुमवीर बुढा सात वर्षपछि पक्राउ परेका छन् ।
२०६८ सालमा दाङको साविक नारायणपुर गाविस वडा नम्बर ४ अम्रईमा घर्तीको हत्या गरी बुढा फरार भएका थिए ।
बुढा १६ भदौमा बाग्लुङको ढोरपाटनबाट पक्राउ परेका हुन् ।
बुढा र घर्तिले साझेदारीमा अल्लो÷धागो र माछापालन व्यवसाय गर्दै आएका थिए ।
व्यवसायमा कुरा नमिलेपछि घर्तिको हत्या गरिएको बुढाले प्रारम्भिक बयान दिएका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय दाङले जनाएको छ ।