युएस ओपनः रोजर फेडरर र मारिया सारापोभा पराजित
अमेरिकी ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत मङ्गलबार भएका खेलमा चर्चित टेनिस खेलाडीहरु रोजर फेडरर र मारिया सारापोभा पराजित भएका छन्।
विश्व बरियतामा नं. २ का खेलाडी एवं पाँच पटकका युएस च्याम्पियन फेडरर विश्व नम्बर ५५ का अस्ट्रेलियाली खेलाडी जोन म्याकमिलनसँग पराजित भए। फेडररलाई म्याकमिलनले ३–६, ७–५, ७–६, ७–६ ले पराजित गरे।
युएस ओपनमा फेडेरर यसअघि सन् २०१३ मा टम्मी रोब्रेडोसँग चौथो राउन्डमा पराजित भएका थिए। विजयी भएलगत्तै म्याकमिलनले फेडेरर आफ्ना लागि जहिल्यै आदर्श व्यक्ति र हिरो रहेको प्रतिक्रिया दिए।
अर्को खेलमा सन् २००६ की युएस च्याम्पियन मारिया सारापोभा कार्ला युआरेज नाभार्रोसँग पराजित भइन्। स्पेनिस खेलाडी कार्लाले सारापोभालाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरेकी थिइन्। सारापोभाले यसअघि सन् २०१४ मा पछिल्लो पटक सबैभन्दा ठूलो प्रतियोगिता फ्रेन्च ओपन जितेकी थिइन्। – एएफपी