थप समाचारमंगलवार, भाद्र १९, २०७५

पोखराका १० ठाउँ निशुल्क वाईफाई

हिमालखबर

पोखरा महानगरपालिकाले वर्ल्डलिंकको सहयोगमा नगरभित्रका १० स्थानमा निशुल्क वाईफाई (इन्टरनेट) सेवा उपलब्ध गराउने भएको छ ।

पोखरा महानगरपालिकाले वर्ल्डलिंक प्रालिसँग मिलेर १० ठाउँमा निशुल्क वाईफाई उपलब्ध गराउन लागेको हो । महानगरपालिका र वल्र्डलिंक प्रालिबीच १८ भदौमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र वल्र्डलिंक प्रालिका सिइओ केशव नेपालले हस्ताक्षर गरे ।

सम्झौतापत्र अनुसार पोखराको विन्ध्यवासिनी मन्दिर, महेन्द्रपुल, वडा नम्बर ५ को चिल्डे«न पार्क, बाराहीघाट, मणिपाल अस्पताल, कोमागाने अस्पताल, डेभिजफल, शिसुवा अस्पताल, बेगनासतालको मन्दरेपार्क र लायन्स सामुदायिक अस्पतालमा निशुल्क वाईफाई सेवा उपलब्ध हुनेछ ।

सामाजिक उत्तरदायित्व अन्तगर्त वल्र्ड लिंकले पोखरा केही ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको प्रालिका सिइओ केशव नेपालले बताए । उनका अनुसार एक महीनाभित्र १० ठाउँमा निशुल्क वाईफाई सेवा उपलब्ध हुनेछ ।

यसअघि वर्ल्ड लिंकले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा विमानस्थलमा फ्रि वाईफाई उपलब्ध गराउँदै आएको छ ।

तीन वर्षको लागि गरिएको सम्झौतापत्रमा वाईफाई जडानको लागि आवश्यक पर्ने विद्युतको व्यवस्थापन महानगरपालिकाले गर्नेछ । वाईफाई सेवा सञ्चालनको सम्पूर्ण प्राविधिकको जिम्मा वल्र्ड लिंक प्रालिको हुने र सेवा अवरुद्ध भएका जुनसुकै समयमा पनि महानगरपालिकाले सम्झौता रद्ध गर्ने सक्ने उल्लेख गरिएको छ ।
युवराज श्रेष्ठ, पोखरा

प्रतिकृया दिनुहोस