कला/साहित्यसोमवार, भाद्र १८, २०७५

श्रद्धाको 'स्त्री' ले तीन दिनमै लगानी उठायो

हिमालखबर

 

राजकुमार राव र श्रद्धा कपुर अभिनीत हरर कमेडी फिल्म 'स्त्री' प्रदर्शनको तीन दिनमै आफ्नो बजेट उठाउन सफल भएको छ । करीब ३० करोड भारुमा बनेको फिल्ममा ३१ करोड २६ लाख कमाएको छ । फिल्मले माउथ पब्लिसिटीबाट दर्शक बटुलिरहेको छ ।

बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार, फिल्मले रिलिजको दिन शुक्रवार ६.८२ करोड, शनिवार १०.८७ करोड र आइतवार १३.५७ करोड आम्दानी गरेको छ । तरणले ट्विटमा लेखेका छन्, "सबै अनुमान गलत साबित भएका छन्। स्त्रीले टिकट काउन्टरमा तहल्का मच्चाएको छ। मल्टिप्लेक्स, सिंगल थिएटर, मेट्रो र मास सर्किटमा स्त्रीले गजब गरिरहेको छ।"

'स्त्री' का निर्माताले आगामी वर्ष २०१९ मै यसको सिक्वल निर्माण गर्ने भएका छन्। एक टेलिभिजनसँगको कुराकानीमा निर्माता दिनेश विजनले यसको पुष्टि गरेका हुन् । सिक्वल २०१९ को अन्त्यतिर रिलिज हुनसक्ने बताइएको छ। अहिले भएकै कलाकारहरु सिक्वलमा दोहोरिने निर्माताले बताएका छन्।

'स्त्री' श्रद्धा कपुरको फिल्मी करिअरको लागि टर्निंङ प्वाइन्ट साबित हुनसक्ने अनुमान गरिएको छ। 'स्त्री' को तीन दिनको कलेक्शनले उनले पछिल्लो समय अभिनय गरेका ६ वटा फिल्मका लाइफटाइम कलेक्शनलाई पछि छाडेको छ। श्रद्धाको डेब्यू फिल्म 'तीन पत्ती' ले  ६ करोड ७७ करोड व्यापार गरेको थियो।

'रक अन २' ले जम्मा १० करोड ४७ लाख कमाएको थियो भने सन् २०१३ मा आएको 'गोरी तेरे प्यार मे' ले १६ करोड ३२ लाख बटुलेको थियो। यस्तै, 'लभ का दी इन्ड' ले ५ करोड ८८ लाख,  'नवाबजादे' ले ४ करोड ५ लाख र 'हसीना पारकर' ले जम्मा ८ करोड ३ लाख व्यापा गरेको थियो।
- एजेन्सी
 

प्रतिकृया दिनुहोस