विराटनगर महानगरपालिकामा विष्फोटका तीन आरोपी पक्राउ
विराटनगर महानगरपालिका कार्यालयमा गत २७ साउनमा बम बिस्फोट गराएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मोरङ प्रहरीले मोरङ् जहदा २ हरिनगरका मनोजकुमार सिंह, सिरहा लक्ष्मीपुर–३ नयाँ टोलका अभिमन्यू गिरी र सिरहा सुखिपुर–५ का रामरिझन यादवलाई १७ भदौमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
तीनै जनालाई १७ भदौमै बिस्फोटक पदार्थ सम्बन्धि कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
उनीहरु जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकर्ताहरु रहेको र उक्त घटनामा संलग्न साहुल यादवको खोजी भई रहेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार, गत जेठमा भारत बिहारको दरभंगामा मोर्चाको बैठकले महत्वपूर्ण स्थान तथा कार्यालयहरुमा बिस्फोट गराउने निर्णय गरेको र त्यसका योजनाकार बिक्की यादव भने भारतमै रहंदै आएको प्रहरीले जनाकारी दिएको छ ।
-कमल रिमाल