खेलकुदआइतवार, भाद्र १७, २०७५

शारीरिक सुगठनमा मिलन र बिनिता प्रथम

हिमालखबर

 

तेस्रो मिष्टर बुल्सम्यान खुल्ला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता २०७५ मा नेपाल व्यायाम मन्दिर, काठमाडौ‌ंका मिलन विक्रम सिजापती च्याम्पियन बनेका छन् ।

बुल्सम्यान क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा सिजापतीले ८० केजी तौलमा पहिलो हुँदै फाइनल राउण्डमा पुगेका ६ जनालाई उछिनेर बुल्स्म्यान च्याम्पियन बनेका हुन् ।

शनिबार राति पोखरा रंगशालाको कभर्डहलमा भएको फाइनल जितेसँगै सिजापतीले रु. ३ लाख नगद पुरस्कार र ट्रफी उचाले ।

यस्तै, प्रथम महिला फिटनेश च्याम्पियनशिप २०७५ मा बज्र ननिता फिटनेश काठमाडौकी बिनिता राई पहिलो भइन् ।

उनले पुरस्कार स्वरुप रु. ४० हजार १११ सहित ट्रफी पाइन् भने फिजिकल फिटनेशकी सुजिता मानन्धर दोस्रो र मसल वल्र्ड जिम काठमाडौकी शोभा मानन्धर तेस्रो भइन् ।

दोस्रो भएकी सुजिताले नगद रु. ३० हजार १११ र तेस्रो भएकी शोभाले रु. २० हजार १११ पुरस्कार पाए ।

प्रतियोगितामा पुरुषतर्फ ५५ केजी तौल समूहमा नेपाल व्यायम मन्दिरका सशील विन्दुकार प्रथम भए । सोही स्पर्धामा मशल मेनिया फिटनेश काठमाडौका आवाज प्याुकरेल द्वितीय र बुटवल फिटनेशका सुनिल आले तृतीय भए ।

प्रतियोगितामा ६० केजी तौलमा पोखरा जायन्ट फिटनेशका मनोज केसी प्रथम, नेपाल व्ययाम मन्दिर, काठमाडौंका रवि मर्हजन द्वितिय र टोटल फिजिकल फिटनेश, भक्तपुरका किशन दास दिवाकार तेस्रो भए ।

यसै गरी ६५ केजी तौल समूहमा बुटवल फिटनेशका मोतिलाल चौधरी प्रथम, काठमाडौ फिटनेश फष्र्टका रोजेज बर्जाचार्य द्वितीय र काठमाडौं डिभाइन फिजिकलका प्रज्वलमान शाक्य तृतीय भए ।

यस्तै, ७० केजी तौल समूहमा मेगा जिम पोखराका भरत श्रेष्ठ प्रथम, काठमाडौ नेपाल व्यायमका सन्जिव कुमार श्रेष्ठ द्वितीय र विराटनगर पावर जिमका अमृत दमाई तृतीय भए ।

७५ केजी तौल समूहमा भक्तपुर पारामाउण्ट फिजिकलका प्रवेश श्रेष्ठ प्रथम, चितवन जिमका मरिचमान लामा द्वितीय र काठमाडौं रिभर फिल्ड जिमका अशोक मर्हजन तृतीय भए ।

यसै गरी ८० केजी तौल समूहमा नेपाल व्यायमका मिलन विक्रम सिजापती प्रथम, झापा ग्यालेक्सी फिटनेशका ललित धिमाल द्वितीय र काठमाडौं न्यू फेल्यास फिटेशका नरेश मालाकार तृतीय भए ।

प्रतियोगितामा ८० केजी तौल भन्दा माथीको क्याटोगरीमा मोरङ पथरी फिटनेशका प्रकाश राई प्रथम, नेपाल मन्दिरका ग्रेस मर्हजन द्वितीय र रुपन्देही ह्युमर फिटनेशका विष्णु कुमार निशाद तृतीय भए ।

दुइ दिन सम्म चलेको प्रतियोगितामा महिला र पुरुष गरी ८० जना खेलाडीको सहभागिता थियो ।
-युवराज श्रेष्ठ, पोखरा

 

प्रतिकृया दिनुहोस