कला/साहित्यआइतवार, भाद्र १७, २०७५

इम्तियाज अलीले राधा-कृष्णको कथामा फिल्म बनाउने

हिमालखबर

बलिउड फिल्म मेकर इम्तियाज अलीले राधा-कृष्णको विषयमा फिल्म बनाउने भएका छन् । फिल्मको स्क्रिप्ट लेखनका साथै निर्देशन इम्तियाज आफैंले गर्नेछन् । इम्तियाजको प्रोडक्शन हाउस विन्डो सीट फिल्म्स एलएलपी र रिलायन्स इन्टरटेनमेन्टले फिल्मको निर्माण गर्नेछन् ।

फिल्मको प्रि-पोडक्सनको काम शुरु भइसकेको छ । आवश्यक अनुसन्धानको काम अघि बढाइएको छ । फिल्म निर्माणबारे इम्तियाजले भनेका छन्, "म सधैं राधा र कृष्णको कथातर्फ आकर्षित रहँदै आएको छु ।  भारतीय लोककथाहरु मध्ये अन्य कुनै कथा छ जस्तो लाग्दैन, जुन निजी भईकन पनि महाकाव्यको उचाइमा होस् । राधा-कृष्णको संसारमा पाइला राख्नु मेरो सपना हो ।"

इम्तियाज अलीको निर्देशनमा पछिल्लो पटक 'जब ह्यारी मेट सेजल' (२०१७) रिलिज भएको थियो ।  उक्त फिल्ममा शाहरुख खान र अनुष्का शर्मा मुख्य भूमिकामा देखिएका थिए । इम्तियाज अलीको लगानीमा बनेको फिल्म 'लैला मजनु' ७ सेम्टेम्बरमा रिलिज हुँदै छ । - एजेन्सी

प्रतिकृया दिनुहोस