नेपालद्वारा मलेसिया १९ रनले पराजित
एशिया कप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियामाथि १९ रनको जित निकालेको छ ।
लगातार दुई खेल गुमाएको नेपालले आज मलेसियालाई १९ रनले हराएको हो ।
नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।
मलेसियालाई १६९ रनमा समेट्ने क्रममा नेपालका वसन्त रेग्मीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २—२ विकेट लिएका थिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरी र सागर पुनले समान १—१ विकेट लिएका थिए ।
मलेसियामाथि जित निकालेसँगै नेपालको एशियाकप खेल्ने आशा भने जिवितै छ । यसका लागि नेपालले सिंगापुर र हङकङसँग जित निकाल्नु पर्नेछ भने अर्को टिमको नतिजामा समेत भर पर्नुपर्नेछ ।