कला/साहित्यशनिवार, भाद्र १६, २०७५

२१ मंसिरदेखि किम्फ, तीनसय ६० फिल्मको आवेदन

हिमालखबर

काठमाडौं इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १६ औं संस्करण २१–२५ मंसिरमा हुने भएको छ । फेस्टिभल काठमाडौंको कुमारी हलमा हुनेछ ।

हिमाल एशोसिएसनको आयोजनामा हरेक वर्ष हुँदै आएको किम्फमा यो वर्ष ६० देशका तीनसय ६० फिल्मको आवेदन परेको छ ।

किम्फद्वारा जारी विज्ञप्तिअनुसार, १५ भदौ सम्मको आवेदन समयसीमासम्म नेपाली पानारोतर्फ ४० फिल्म परेका छन् ।

“यो वर्ष किम्फको इतिहासमै सबैभन्दा बढी फिल्मको आवेदन परेको छ”, फेस्टिभलका अध्यक्ष वसन्त थापा भन्छन्, “यसले विदेशीका साथै नेपालीमा चलचित्र चेत बढेको पाइएको छ, यसबाट हामी पनि उत्साहित छौं ।”

किम्फले यो संस्करणमा ‘महिला’का विषयलाई फेस्टिभलको मुख्य विषय बनाएको छ ।

 

प्रतिकृया दिनुहोस