थप समाचारशनिवार, भाद्र १६, २०७५

सरकारको नीतिले लण्डनमा धेरै घर विहीन भए: नगरप्रमुख

हिमालखबर

बेलायतको लण्डनका मेयर सद्धिक खानले केन्द्रीय सरकारको नीतिका कारण लण्डनमा घरबारविहीनहरू बढेको बताए। 

प्रधानमन्त्री टरिजा मेको समाज सुधार अभियानका कारण राजधानीबासी नै घरबार विहीन हुनु परेको मेयर खानले शुक्रबार आरोप लगाए।

घरबार विहीन भएकाहरुलाई सरकारले तत्काल पर्याप्त सहयोग गरी व्यवस्थापन गर्नुपर्नेमा समेत उनले माग गरे । यसलाई गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्न पनि उनले आह्वान गरेका छन्।

यस कार्यक्रमका कारण झण्डै एक लाख ३५ हजार लण्डनवासी लभान्वित भएको दावी गरिए पनि बाँकी लाखौं बासिन्दालाई यसले सन्तुष्ट बनाउन नसकेको टिप्पणी भइरहेको छ । - सिन्ह्वा

प्रतिकृया दिनुहोस