कला/साहित्यशनिवार, भाद्र १६, २०७५

नन्दिता दासको फिल्म 'मन्टो' मा ऋषि कपूर, नवाजुद्दीन सिद्दीकी, जावेद अख्तरले पारिश्रमिक लिएनन्

हिमालखबर

अभिनेत्री एवम् फिल्ममेकर नन्दिता दासले निर्देशन गरेको फिल्म 'मन्टो' का लागि अभिनेताहरु ऋषि कपूर, नवाजुद्दीन सिद्दीकी, जावेद अख्तर र गुरदास मानले पारिश्रमिक नलिई काम गरेका छन्। फिल्ममा उर्दू लेखक हसन मन्टोको भूमिका निर्वाह गरेका सिद्दिकीले पारिश्रमिकका रुपमा केवल भारु एक लिएका छन्।

निर्देशक नन्दिताले यस बारे सार्वजनिक गरेकी हुन्। उनले भनेकी छन्, "मन्टो यस्तो चरित्र हो हो, जसका लागि जोकोही कलाकार आफ्नो एउटा हात र खुट्टा दिन समेत तयार हुन्छ । र पनि शीर्ष भूमिकामा पारिश्रमिक विना काम गरेकोमा नवाजप्रति म आभारी छु।" उनले आफूले पनि कतिपय काम पैसा विना गरेको भन्दै जीवनमा पैसा बाहेक पनि धेरै महत्त्वपूर्ण कुरा रहेको बताएकी छन्।

उनले अगाडि भनेकी छन्, "ऋषि कपुर र गुरदास मानले हाम्रो पहिलो कुराकानीमै पारिश्रमिक नलिने स्वीकारेका थिए।  मैले फिल्मका चरित्रहरुलाई न्याय गर्ने कलाकारहरुसँग सम्पर्क गर्न आफ्नो परिचित सर्कलको उपयोग गरें र काम गर्न राजी गराएँ।"

'मन्टो' मा प्रसिद्ध कलाकार पनि फिल्मलाई सघाउन छोटो भूमिकामा काम गर्न तयार भए। अभिनेता परेश रावल पनि यो फिल्ममा देखिनेछन्। उनले नन्दितासँग यसअघि 'फिराक' फिल्ममा काम गरेका थिए। नन्दिताले भनेकी छन्, "राजनीतिक रुपमा परेश रावल र मबीच मतभेद हुन सक्छ । तर, एक कलाकारको रुपमा एक-अर्काप्रति सम्मान भाव हुन्छ र म उहाँप्रति आभारी छु, उहाँले पूरा मनले फिल्ममा आफ्नो भूमिका निर्वाह गर्नुभएको छ।"

नन्दिताले फिल्ममा वरिष्ठ गीतकार जावेद अख्तर नयाँ अवतारमा देखिने बताएकी छन्। - एजेन्सी

प्रतिकृया दिनुहोस