एकै दिन चार जनाकाे आत्महत्या
आज शुक्रबार प्रदेश १ को सुनसरी, उदयपुर र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा एकै दिन चारजनाले आत्महत्या गरेका छन्।
आत्महत्या गर्नेमा उदयपुर त्रिजुगा नगरपालिका–१ कङखोलाका ६१ वर्षीय लीलबहादुर विश्वकर्मा, ताप्लेजुङ फुङलिङ नगरपालिका–३ का २० वर्षीय सन्तोष पालुङवा, सुनसरी इटहरी उपमहानगरपलिका–८ भुर्कीका दिलीप सरदारको श्रीमती अन्दाजी ३२ वर्षीया आशा सरदार र सुनसरीकै धरान उपमहानगरपालिका–१३ सूर्यमार्गका २२ वर्षीय अभय राई रहेको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
१४ भदौमा आ–आफ्नै घरमा झुण्डिएको अवस्थामा उनीहरु फेला परेका थिए। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरी स्वास्थ्य परीक्षणपछि शवलाई सम्बन्धित परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ। – रासस