थप समाचारबिहिवार, भाद्र १४, २०७५

सेनाको हेलिकोप्टर दुर्घटना हुँदा १८ को मृत्यु

हिमालखबर

इथियोपियामा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार १८ जनाको मृत्यु भएको छ। राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको छ।

हेलिकोप्टरमा भएका सबैको मृत्यु भएको बताइएको छ। हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए।

घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको समाचारमा उल्लेख छ।

यसअघि सन् २०१३ मा इथियोपियाको सैन्य विमान मोगादिसुमा दुर्घटना हुँदा चालक दलका चार जनाको मृत्यु भएको थियो।
– एएफपी

प्रतिकृया दिनुहोस