महिन्द्राको प्लस न्यू एक्सयूभी–५०० सार्वजनिक
नेपालका लागि महिन्द्रा गाडीको आधिकारीक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले प्लस न्यू एक्सयूभी–५०० सार्वजनिक गरेको छ ।
‘प्लस न्यू एक्सयूभी–५००’ आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, उच्च शक्तियुक्त भएको कम्पनीले दाबी गरेको छ । स्पोर्टस् यूटिलिटी भेइकल (एसयूभी) मोडलको क्यूबले ‘एम हक–१५५’ इन्जिनमा १५५ हर्स पावर र ३६० टर्कको शक्ति दिन्छ । यसमा लङ प्रोजेक्सन ल्याम्प, विद्युतीय सन रुफ, स्मार्ट वाच कनेक्टीभिटी, ७ इन्च टच स्क्रिन इन्फोटेन्मेन्ट लगायतका विशेषता रहेका छन् ।
यसमा सुरक्षाको लागि ६ एअरब्याग, एन्टी ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्यूसन (इबीडी), डिस्क ब्रेक लगायतका विशेषता रहेका छन् ।