ओखलढुङ्गामा पहिरो, एकै परिवारका चारजनाको मृत्यु
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–८ रागादीपमा आज बिहान पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
घर पुरिंदा श्रीमान्/श्रीमती पूर्णबहादुर राई र धनकुमारी राई, छोरा आशिष र छोरी मित्रमायाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माका अनुसार नजिकैको अर्को एक घरमा पनि पहिरोले क्षति पु¥याएको छ ।
कमल रिमाल