एशिया कप छनोट: ओमनसँग नेपाल पराजित
मलेसियामा शुरु भएको एशिया कप छनोटको पहिलो खेलमा नेपालले पराजय भोगेको छ । नेपाललाई ओमनले ७ विकेटले पराजित गरेको हो ।
निर्धारित ५० ओभरमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमनले दुई ओभर अगावै तीन विकेटको नोक्सानीमा पुरा गरेको हो । ओमनका लागि खाबर अलिले अविजित ८४ रन बनाए ।
नेपालकाे तर्फबाट एक मात्र विकेट कप्तान पारस खड्काले लिए । ओमनका बाँकी दुई विकेट रनआउटका रुपमा प्राप्त भएको थियो ।
यसअघि नेपालले टस हारेर पहिले व्याटिङ गर्दै ९ विकेटको क्षतिमा २२१ रन जोडेको थियो । नेपालका तर्फबाट सागर पुनले ८३ रन बनाएका थिए ।
नेपालले दोस्रो खेल १४ भदौमा युएइसँग खेल्नेछ ।