कला/साहित्यमंगलवार, भाद्र १२, २०७५

शाहरुख खानका छोरा र श्रीदेवीकी छोरी बलिउडमा एकसाथ डेब्यू गर्दै

हिमालखबर

स्टारका छोराछोरीलाई बलिउडमा भित्र्याउने करण जौहरले अर्को जोडीलाई डेब्यू गराउने तयारी गरेका छन्। करणले शाहरुख खानका छोरा आर्यनलाई बलिउडमा डेब्यू गराउन लागेका हुन्। उक्त फिल्ममा श्रीदेवीकी कान्छी छोरी खुशी कपुरले पनि डेब्यू गर्नेछिन्।

सूत्रलाई उल्लेख गर्दै डेक्कन क्रोनिकल डटकमले जनाए अनुसार खुशीलाई बलिउडमा लञ्च गराउन पिता बोनी कपुरले करण जौहरलाई जिम्मा दिएका छन् । आर्यन २० वर्षका छन् भने खुशी १७ वर्षकी भइन्।

मिडिया रिपोर्टका अनुसार करणले खुशीलाई फिल्ममा लिने योजना बनाउँदै उनको अभिनयको विकासका लागि टिप्स पनि दिन थालेका छन् । करणको सुझाव अनुसार खुशीले आफ्नो लुकमा धेरै परिवर्तन गरेकी छन्।

श्रीदेवीकी जेठी छोरी जाह्नवी कपुरलाई पनि करण जौहरले नै बलिउडमा डेब्यू गराएका थिए। उनले 'धडक' फिल्मको शीर्ष भूमिकामै मौका पाएकी थिइन्। यसको सदुपयोग गर्दै उनले प्रशंसकको मनमा स्थान बनाइसकेकी छन्। जाह्नवी अर्को फिल्म 'तख्त' मा अनुबन्धित भइसकेकी छन्, जसको निर्देशन करणले गर्नेछन्।

- एजेन्सी

प्रतिकृया दिनुहोस