थप समाचारसोमवार, भाद्र ११, २०७५

डुंगा दुर्घटनामा मृत्यु हुनेका परिवारलाई तीन लाख

हिमालखबर

९ भदौ साँझ रौतहटको गौर नगरपालिका, टिकुलियास्थित बकैया नदीमा डुंगा दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले रु. २ लाख सहयोग गर्ने भएको छ ।

घटनास्थलको निरीक्षण र मृतकका परिवारलाई भेटेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सरकारका तर्फबाट मृतकका प्रत्येक परिवारलाई रु २ लाख र किरिया खर्च रु २५ हजार उपलब्ध गराउने घोषणा गरेका हुन् । यसै गरी दुर्घटनाका घाइतेले उपचार खर्च वापत रु. २५ हजार पाउने भएका छन् ।

नगरपालिकाले एक लाख
गौर नगरपालिकाले पनि मृतकका रु एक लाख सहयोग उपलब्ध गराउने भएको छ भने किरिया खर्चवापत थप रु. १५ हजार पनि दिने घोषणा गरेको छ ।

दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने एकजना अझै वेपत्ता छन् ।
सञ्जय मित्र, रौतहट

प्रतिकृया दिनुहोस