थप समाचारसोमवार, भाद्र ११, २०७५

दोलखाः सालकको खपटा सहित एक पक्राउ

हिमालखबर

दोलखामा प्रहरीले सालकको खपटासहित भीमेश्वर नगरपालिका–६ का होमबहादुर थापालाई पक्राउ गरेको छ ।

५३ वर्षीय होमबहादुर थापालाई भुलभुलेबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले बताए ।

थापाले तीन वर्ष अघिनै सालकलाई मारेर खपटा राखेको बयानबाट खुलेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

पक्राउ परेका थापालाई आवश्यक अनुसनधान पछि अखेटोपार सहित डिभिजन बन कार्यालय चरिकोटमा बुझाइने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस