ट्रक र मोटरसाईकल ठोक्किँदा दुई जनाको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको धधवार– ६ बनगाई चोक नजिक ट्रक र मोटरसाईकल ठोक्किंदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाईते भएका छन् ।
पश्चिमबाट पूर्व तर्फ गईरहेको ना ६ ख ६२६७ नम्बरको ट्रक र बिपरित दिशाबाट आईरहेको रा १ प ७८३३ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा धधवार ३ कतरनीयाका २१ वर्षीय अर्जुन थारु, कोहलपुर–११ का २३ वर्षीय युवराज थारुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
मोटरसाईकलमा तीनजना सवार रहेको प्रहरीले जनाएको छ । मोटरसाईकलमा सवार धधवार–३ कतरनीया का २३ वर्षीय सञ्जय थारु घाईते भएका छन् ।
घाईतेलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको प्रहरीले जनाएको छ ।
भावुक योगी, बर्दिया