साताको पहिलो दिन शेयर बजार ओरालो
साताको पहिलो दिन आज पनि शेयर बजार घट्ने क्रमले निरन्तरता पाएको छ । गत साता ३२ अंकले नेप्से परिसूचक ओरालो लागेको थियो ।
आज शेयर बजार मापक नेप्से परिसूचक २.७८ अंकले घटेको छ । घटेको बजारमा १ सय ४६ कम्पनीको २० करोड ५५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
झिनो अंकले नेप्से परिसूचक ओरालो लाग्दा ५ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरीद भएको नेपाल ब्यांकको संस्थापक शेयरको धेरै रकमको कारोबार भयो ।
आज ४.१९ प्रतिशतले मूल्य बढेको नाग्दी हाइड्रोपावर धेरै मूल्य बढ्ने कम्पनी बन्दा ५.६६ प्रतिशतले मूल्य घटेको कर्णाली विकास ब्यांक धेरै मूल्य घट्ने कम्पनी बनेको छ ।
शेयर बजार ओरालो लाग्दा उत्पादनमुलक बाहेकका उपसूचकहरु पनि ओरालो लागेका छन् । यस्तै ‘क’ वर्गका कम्पनीको मापक परिसूचक सेन्सेटिभ इन्डेक्स ०.२३ प्रतिशतले ओरालो लागेको छ ।