मोरङको उर्लाबारी र पुष्पलालचोकमा एनआईसी ब्याङ्कको शाखा स्थापना
एनआईसी एशिया ब्याङ्कले मोरङ्गको पुष्पलाल चोक र उर्लावारीमा शाखा विस्तार गरेको छ । दुबै शाखाको ब्याङ्कका अध्यक्ष जगदीशप्रसाद अग्रवालले उद्घाटन गरेका हुन ।
६९ वटा एटिएम सञ्चालन गरेको एनआईसी एसियाको शाखा सञ्जाल ७४ पुगेको छ ।
गत त्रैमासिकमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफामा ६६ प्रतिशतको उल्लेख्य बृद्धि हासिल गर्न सफल भएको छ । बैंकको हालै सम्पन्न १९ औं वार्षिक साधारण सभाले बैंकका शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर तथा त्यसपछि कायम हुन आउने शेयरमा १५ प्रतिशत हकप्रद शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरिसकेको छ ।